ट्राफिक जरिबाना अनलाइनबाटै तिर्न सकिने

माघ २१ । आजदेखि ट्राफिक जरिबाना अनलाइनबाटै तिर्न सकिने भएको छ । ट्राफिक जरिबाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था सुरु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जनक भट्टराईले आउँदा दिनमा बैंकमा पुगेर जरिबाना तिरि भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । सम्बन्धित सेवा प्रदायकबाट बैंकमा भुक्तानी पठाइ दिएपछि ट्राफिकले सूचना प्राप्त गर्ने र कागजपत्र फिर्ता गरिने उहाँले बताउनुभयो ।

ट्राफिक जरिबाना ई–सेवाबाट भुक्तानी गर्न सकिनेछ । ई–सेवाबाट ट्राफिक जरिबाना भुक्तानी गर्नुले धेरैभन्दा धेरै सेवाग्राहीलाई लाभ पुग्ने सेवा प्रदायक कम्पनीले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: