कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु

माघ २१ । नेपालमा कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । यो सँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर एक सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
तीन हजार पाँच सय ९७ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ४२ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७१ हजार चार सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६७ हजार ६५ पुगेको छ ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय ३५ रहेको छ । अहिलेसम्म २० लाख ८१ हजार ६ सय ९५ जनाको पीसीआर परीक्षण भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: