सत्तारुढ दलबाटै भोलि नेपाल बन्दको आह्वान

माघ २१ । कानूनत नफुटेको नेकपा पार्टीको दाहाल नेपाल समूहले भोलि बन्दको आह्वान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको प्रतिनिधिसभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएको भन्दै त्यसैको विरोधमा भोलि आम हड्तालको आह्वान गरिएको हो । आज पत्रकार सम्मेलन गर्दै नेकपाको दाहाल–नेपाल समूहले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

संघर्ष समितिकी सह–संयोजक पम्फा भुसालले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर भोलिका लागि आम हड्तालको घोषणा गरिएको र देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको बताउनुभयो ।

असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै दाहाल(नेपाल समूहले तेस्रो चरणको आन्दोलन गरिरहेको छ । उक्त समूहले २८ गते राजधानीमा बृहत प्रदर्शन गर्दै छ ।
हेर्नुहोस विज्ञप्ती

Leave a Reply

Scroll to Top
%d bloggers like this: