नेपाली क्रिक्रेट टिमको कतार भ्रमण स्थगित

माघ १९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कतार भ्रमण स्थगित भएको छ । कतार स्पोर्टस डे को दिन नेपाल र कतारवीच हुने खेल स्थगित भएसँगै भ्रमण रोकिएको हो । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले सोमवार सूचना निकालेर फेब्रुअरी ९ देखि १२ अर्थात् माघको २७ गतेदेखि ३० गतेसम्म तीन ट्वान्टी–ट्वान्टी शृङ्खला स्थगित भएको जानकारी दिएको हो ।

नेपालले कतारसँग शृङ्खला खेल्न बन्द प्रशिक्षणका लागि १८ सदस्यीय खेलाडी छनोटसमेत गरिसकेको थियो । प्रतियोगिता स्थगित भएपछि प्रशिक्षण पनि स्थगित भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: