चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र भयो : नेता नेपाल

माघ १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह फ्रिज गराउने षडयन्त्र भएको आरोप लगाउनुभएको छ ।

पार्टीको आधिकारिकताको लडाई भइरहेको समय कसैलाई नदिएर चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र भएको सोमबार आफ्नो समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटनमा बोल्दै सो कुरा बताउनुभएको हो ।

निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरू उठाउन खोज्नुले षड्यन्त्र भइराखेको अनुभूति भएको बताउँदै केन्द्रीय कमिटीमा एक चौथाई सदस्य समेत नरहेको केपी ओली पक्षको आधिकारिकता हुनै नसक्ने दाबी थियो ।

विगतमा पनि यस्ता षडयन्त्रहरू भइरहेको तर निर्वाचन आयोगले कानुन र यथार्थको आधारमा निर्णय गरेको नजिरहरू रहेकाले यसपटक पनि आयोगले निष्पक्ष निर्णय गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले नेकपाको आधिकारिक नेतृत्व आफूहरूको नै रहेको दाबीसमेत गर्नुभएको छ । दुई तिहाई केन्द्रीय समितिको निर्णयलाई पन्छाएर कसैले अघि बढ्ने सपना देखेको भए सम्भव हुन नदिने समेत उहाँले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: