वैशाख १७ र २७ मै चुनाव, एक दिन तलमाथि हुन्न : प्रधानमन्त्री ओली

माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव हुने बताउनुभएको छ । आज नेकपा चितवन ओली समूहले गरेको आमसभामा बोल्दै उहाँले कसैले भ्रम नपाल्न आग्रह सहित घोािष्त मितिमा चुनाव हुने र सोही अनुसारको तयारीमा जुट्न आह्वान गर्नुभयो ।
अव हुने चुनावमा सक्षम, देशप्रेमि र विकास प्रेमिलाई जिताउन आग्रह गर्नुभयो । ससद विघटन गरी मध्यावधी निर्वाचनको घोषणा गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई कटाक्ष गर्दै जनतासँग उक्त आग्रह गर्नुभएको हो । ओलीले भन्नुभयो,“माडीलाई मणि बनाइदिन्छु भनी मत मागेर जिताएँ । तर मणि बनाउने व्यक्ति कुहिएको आलु निस्कियो । मणि बनाउने त परको कुरा अर्काको खुट्टा तान्ने मात्रै ।”


ओलीले सन् २०२१ सम्म सवै नेपालीलाई कोरोनाको खोप लगाउने सुविधा दिएर कोरोना भाइरस भगाउने बताउनुभयो । साथै चितवनको विकासमा आफ्नो कुनै कमी नरहने भन्दै अर्को वर्षको रामनवमीमा राम र सीताको मुर्ति प्राण प्रतिष्ठान गर्ने उहाँको दावी छ । साथै नारायणी नदीमा सिग्नेचर पुल बनाउने र दाउन्नेदेखि मकवानपुरसम्म भ्यालीको रुपमा विकास गर्ने सरकारको योजना रहेको सुनाउनुभयो । अव वाट कुनैपनि नेपाली वालवालिका अभिभावक विहीन महसुस गर्न नपर्ने गरी सरकराले काम गरेको उहाँको भनाई थियो ।

Image may contain: 1 person, on stage, crowd and outdoor
आफ्नै पार्टीको सरकारले गरेका कार्यको प्रचार समेत गर्न नसक्ने तर तीन जना पूर्व प्रधानमन्त्री लौरी टेकेर देशव्यापी दौडमा हिँडेको भन्दै प्रचण्ड,माधव नेपाल र झलनाथ खनालप्रति टिप्पणी गर्नुभयो ।

Image may contain: one or more people, people on stage, people dancing, crowd and outdoor

Leave a Reply

Scroll to Top
%d bloggers like this: