विमानस्थलमा प्रधानमन्त्री ओली, माथिबाट उड्यो प्रतिगमन मुर्दावादको बेलुन

चितवन, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आएर दुई वटा आयोजनाको शिलान्यास गर्नुभयो ।

२ हजार जना अट्ने सिटी हल र पुल्चोक गोन्द्राङ ६ लेनको सडक विस्तार आयोजनाको शिलान्यास गर्नुभएको हो ।

प्रधानमन्त्री आउने भएपछि विहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो । विमानस्थल वरपर रहेका अग्ला अग्ला भवनमा शसस्त्रले पहरा दिइरहेको थियो । यस अघि गृहमन्त्री रामवहादुर थापा वादल आउँदा कालो बेलुन उडाइएको थियो ।

त्यसबाट झस्किएको सुरक्षा निकायले आज सुरक्षा व्यवस्था कडा पारिएको बताएको थियो ।

अभ्यासमा पनि त्यो देखियो । तर मौसमले साथ नदिएपछि अवेर गरी प्रधानमन्त्री लिएर हेलिकप्टर भरतपुर विमानस्थल ओर्लियो । लगत्तै विमानस्थलको माथिबाट प्रतिगमन मुर्दावाद लेखिएको कालो वेलुन उड्न सुरु गर्यो ।

बेलुन कसले उडायो त्यो एकीन नभएपनि नेकपाकै दाहाल नेपाल समूहले हिजो देखिनै कार्यक्रमको विरोध गरेको थियो । सोही समूहका भातृ संस्थाहरुले उक्त विरोध जनाएको हुन सक्ने बताइएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीको विरोधमा विहानै टायर वालिएको थियो भने सडकभरी पर्चा फालिएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: