प्रधानमन्त्री कप : बागमतीलाई हराउँदै आर्मी फाइनलमा

माघ १५ । काठमाण्डौमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिक्रेटमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । अब आर्मीले उपाधिका लागि एपीएफ क्लबसँग खेल्नेछ ।

एपीएफ पुलिसलाई हराएर यस अघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल टियु मैदानमा शनिबार हुनेछ । आर्मीले दिएको २ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमती ४० ओभर २ बलमा अलआउट हुँदै १ सय ३५ रनमा समेटियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टिमले ५०÷५० हजार पाउने छन् ।प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५(२५ हजार पाउने छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: