कोरोना खोपको दोस्रो दिन, चितवनमा ३२७ ले लगाए

माघ १५ । कोभिड–१९ बिरुद्धको पहिलो चरणको खोप अभियानको दोस्रो दिन चितवनमा ३२७ जनाले खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा १८७, बकुलहर अस्पतालमा ९१ र बघौड अस्पताल ४९ जनाले कोभिड १९ बिरुद्ध खोप लगाएका हुन् । हिजो २७९ जनाले खोप लगाएका थिए ।

जिल्लामा ६ हजार २ सय जनालाई खोप लगाउने लक्ष्य रहेको छ । ४ हजार २ डोज खोप जिल्लामा आइपुगेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो ।

नवलपुरमा आज दोस्रो दिन १८० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । मध्यविन्दु जिल्ला अस्पतालमा खोप लगाइएको स्वासथ्य कार्यालय नवलपुुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो । आज १३६ जना महिला र ४४ जना पुरुषले खोप लगाएका हुन् ।

आज गैँडाकोट नगरपालिका, मध्यविन्दु र विनयी त्रिवेणी गाउँपालिका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई खोप लगाइएको हो । हिजो माघ १४ गते कावासोती, देवचुली र हुप्सकोट गाउँपालिकाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकाहरु १२९ जना महिला र ७१ जना पुरुष गरी २०० जनालाई खोप लगाइएको थियो ।

भोलि माघ १६ गते वौदिकाली र बुलिङगटार गाउँपालिकाका स्वाथ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेविका साथै स्थानीय तहले सिफारिस गरेर पठाएका जिल्लाभरका एम्वलुेन्स चालक र स्थानीय तहकै सरसफाइकर्मीलाई पनि भोलि खोप लगाइने भएको हो । नवलपुरमा १ हजार २३ जनालाई पहिलो चरणमा खोप लगाउने लक्ष्य रहेको छ । ११७० डोज खोप जिल्लामा आइपुगेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: