माडीको सोमेश्वरगढीसम्म साइकल यात्रा गरिने

माघ ११ । चितवनको माडी नगरपालिकामा रहेको सोमेश्वरगढीसम्म साइकल यात्रा गरिने भएको छ । भरतपुरबाट त्यहाँसम्म साइकल यात्रा गरेर उक्त स्थानलाई प्रचारप्रसार गरिने भएको छ ।
ऐतिहासिक स्थल उक्त ठाऊँमा मुर्तिकारहरुले रुख र ढुँगामा कुँदेका मुर्तिहरु भएपनि ओझेलमा परेको भन्दै वाह बाइक र एक सपना साइकल र सफा नेपालको संयुक्त आयोजनामा यही माघ १६ र १७ गते साइकल यात्राको कार्यक्रम तय गरिएको हो ।
पर्यटन र पर्यावरणलाई जोड्न राइड टु सोमेश्वरगढी नाम दिएर साइकल यात्रा गरिने र उक्त यात्रामा सहभागीता जनाउन अनलाइनमा रजिष्ट्रेशन गर्न मिल्ने आयोजकले जनाएको छ ।विद्यार्थीलाई रु ५ सय र अन्यलाई रु १ हजार दर्ता शुल्क तोकिएको छ ।
हालसम्म करिव ७० जनाले दर्ता गराइसकेको र १ सय जनासम्म पुग्ने आयोजकको अपेक्षा छ । रजिष्ट्रेशन शुल्कबाट नै संस्थाले खाना देखि खाजाको व्यस्था गरेको छ । साथै साइकलसँग एम्वुलेन्स, साइकल विग्रिए बनाउने मिस्त्री र आधी बाटोमा पुगी साइकल चलाउन नसक्नेलाई लैजान बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पर्यटन विस्तार र वातावरण प्रदूषण घटाउन यस्ता कार्यक्रमको आयोजना गरिरहेको उक्त संस्थाहरुले यस अघि पनि चितवको मौवाखोला देखि उपरदाङगढी हुँदै भरतपुरसम्म करिव ६५ किलोमिटरको यात्रा साइकलबाट गरिसकेको छ ।
चितनवलाई नेदरल्याण्डसको आम्सट्रडम शहरजस्तै साइकलको राजधानी बनाउने उद्देश्य सहित अभियान चलाएको उनीहरुको भनाई छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: