विप्लव माओवादीको नेपाल बन्द आज, मकवानपुरमा गाडीमा आगजनी

माघ १०। नेपाल सरकारबाट प्रतिवन्धीत विप्लव नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्दको आह्वान गरेको छ । विहानै देखि लामो दूरीका सवारी साधनहरु संचालनमा आएका छैनन् ।

आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा बन्दको आह्वान गरेको जनाइएको छ । आज विहानै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका(४ मा नचिनेको मानिसको समूहले गाडीमा आगजनी गरेको छ । हेटौँडाबाट काठमाण्डौका लागि छुटेको बा १३ च ७९६९ नम्बरको गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहान २ बजेतिर १० जनाको समूहमा आएकाहरुले चालकलाई गाडीबाट ओरालेर गाडीमा आगो लगाएका मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो । आगजनी गर्ने व्यक्ति नेकपा विप्लव समूहका कार्यकर्ता रहेको शङ्का गरिएको छ । यसैगरी मकवानपुरको वाग्मती गाउँपालिका(४ झुरझुरेमा शङ्कास्पद वस्तु भेटिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: