रातो झोला आलुऔषध

माघ १० । मोटरसाइकलको यात्राका क्रममा रातो झोला बोकेर हिँडेका व्यक्तिसँग जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले लागुऔषध बरामद गरेको छ ।
हिजो जिल्लाको कावासोति नगरपालिका वडा नम्वर .८ खरकट्टा स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको ध १ प ५६५१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा पछाडी बसेका बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका २ रुद्रेपिपलका २२ बर्षीय जीवन केसीले काखमा च्यापी राखेको रातो रंगको झोला भित्र बाट डाईजेपाम १००एम्पुल,फेनारागन १०० एम्पुल र नुफिन १०० एम्पुल लागु औषध बरामद भएको थियो ।
साथै मोटरसाइकल चालक सोही ठाउँका २२ वर्षीय संगम बस्याललाई समेत पक्राउ गरी थप अनुसन्धान भइरहेको र लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी निरीक्षक विशाल तामाङ मोवाईलले जानकारी दिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: