देशका विभिन्न सवारी दुर्घटनामा ४ जनाको मृत्यु

माघ ८। देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका ४ मा ना ५ ख ४४८८ नम्वरको यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको बस आज विहान चार बजे दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–५ बस्ने ३६ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँकी २३ वर्षीय रिता चौधरी छन् ।

उता सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको डक नगरपालिकामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु एको छ ।

पश्चितमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०१-००१-प ६१४६ नम्बरको मोटरसाइककल आफैं अनियन्त्रित भई बुधबार राति साढे १२ बजेको समयमा खडक नगरपालिका(११ बनौलीमा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका-११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको छ । घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै दुवैको मृत्यु भएको प्रवक्ता साहले बताए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: