संसद विघटन विरुद्ध कांग्रेसले आज वडाहरुमा प्रदर्शन गर्दै

माघ ८ । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विरुद्ध काँग्रेसले आज देशभरका वडाहरुमा प्रदर्शन गर्दैछ ।
असवैधानिक र अलोकतान्त्रीक कदम भनेको काँग्रेसले आज वडा तहमा विरोधका कार्यक्रम गरिरहेको हो ।
देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गर्नुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: