व्याज नलिने गरी गण्डकी प्रदेश सरकारले ऋण उपलब्ध गराउने

माघ ८ । गण्डकी प्रदेश सरकारले विना व्याज पनि ऋण उपलब्ध गराउने भएको छ ।
कोरोना भाइरस महामारीबाट प्रभावित व्यवसायीलाई विना ब्याज ऋण उपलब्ध गराउने गरी हिजो सम्झौता भएको छ ।

गण्डकी प्रदेशभित्र ५० लाख रुपैयाँसम्मको लगानीमा व्यवसाय गरेका र कोरोना महमारीको मारमा परेकालाई निर्ब्याजी ऋण दिने र कोरोनाको मारमा परेका साना तथा मझौला व्यवसायीलाई १५ लाख रुपैयाँसम्मको निर्ब्याजी कर्जा उपलब्ध गराउन प्रक्रिया अगाडि बढाएको छ ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षके बजेटमा १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोषको व्यवस्था गरेको थियो । बजेट आएको ७ महिनापछि बल्ल सरकारले कार्यविधि बनाएर कोष कार्यान्वयन प्रक्रिया अगाडि बढाएको हो ।

कार्यविधि तयार भएसँगै गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कर्जा उपलब्ध गराउन राष्ट्र बैंक पोखरा शाखासँग सम्झौता गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव इन्दु घिमिरे र राष्ट्र बैंक पोखराका प्रमुख ईश्वरीप्रसाद भट्टराईले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: