प्रतिनिधिसभा विघटनविरुद्धको पहिलो सुनुवाइ

माघ ४ । प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनको पहिलो दिनको सुनुवाइ आज सकिएको छ । सन्तोष भण्डारीले दिएको रिटमाथि संवैधानिक इजलासमा आज बहस भएको थियो ।

बहसमा सन्तोष भण्डारी, गिरिराज भट्ट, भीमार्जुन आचार्य र सुनिल पोखरेलले भाग लिनुभएको थियो । उहाँहरुले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै निवेदकको मागअनुसार संसद् पुनर्स्थापना गर्ने फैसला गरी पाउँ भनी माग गर्दा न्यायधीशसँग सवाल जवाफ समेत भएको थियो ।

बहुमतको प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले संसद् विघटनको अधिकार नदिएको उहाहरुको तर्क थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: