जुवाखालको पैसा एसपीको खल्तीमा

माघ ४ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जुवाखालबाट बरामद रकम आफ्नै खल्तीमा राखेका छन् । त्यसरी बरामद रकम राजस्व दाखिला गर्नुपर्ने भएपनि झण्डै एक लाख २० हजार रुपैयाँ लामो समयसम्म राजस्वमा दाखिला नभएको पाइएको हो ।

दशैँ तिहारको बीचमा गोरखाका विभिन्न प्रहरी चौकीले बरामद गरेको रकम एकमुष्ट रूपमा जिल्ला प्रहरी कार्यालयमा पठाएका थिए । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले बरामद गरि पठाएको झण्डै ५० हजार र इलाका प्रहरी कार्यालय जौबारीले बरामद गरेको झण्डै ७० हजार रुपैयाँ राजस्वमा जम्मा नभएको हो ।

दुई इलाका प्रहरी कार्यालयले मङ्सिरमा पठाएको झण्डै एक लाख २० हजार रुपैयाँ तीन महिनासम्म पनि राजस्वमा जम्मा नगरिएको पाइएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार गोरखा नगरपालिका ४ फिनाम, सिरानचोक गाउँपालिका ७ र गण्डकी गाउँपालिका ४ मा जुवाखालबाट पक्राउ परेकाविरुद्ध मात्रै मुद्दा चलाइएको छ । ती जुवाखालबाट बरामद भएको रकम पनि प्रशासनमा बुझाइएको छ ।

यता एसपी सुरेन्द्रबहादुर गुरुङले पनि केही रकम राजस्व दाखिला गर्न बाँकी रहेको बताउनुभयो । केही रकम भने मानव सेवा आश्रमलगायत परोपकारी संस्थालाई सहयोग उपलब्ध गराइएको उहाँको दाबी छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: