जनताको अदालतमा काँग्रेस : नेता आचार्य

चितवन, माघ ३ । पूर्व वनमन्त्री एवम नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेस अहिले जनताको अदालमा आएको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सँसद विघटन गरेर जनमतको अपमान सँगै संविधानलाई खतरामा पारेपछि काँग्रेस सडकमा आएको उहाँको भनाई थियो ।
चितवनको राप्तिमा सम्बोधन गर्दै नेता आचार्यले झण्डै दुई तिहाईको मत पाएको सरकारका प्रधानमन्त्रीले गरेको यो निर्णयले देश गम्भीर मोडमा पुगेको र यो समय सचेत नागरिक नजागेसम्म देशले निकास नपाउने बताउनुभयो ।
ओली आफू एक्लै यो अवस्था आउँदाको भागीदार नभएको भन्दै अहिले काँग्रेससँग सहकार्य गर्न तत्पर प्रचण्ड नेपाल समेत यसको हिस्सेदार भएको आचार्यले बताउनुभयो ।
सडकमा बजारिएपछि मात्रै काँग्रेस खोज्ने उनीसँग मिलेर अहिलेको सडक आन्दोलन गर्न नसकिने भन्दै नेता आचार्यले काँग्रेस एक्लै सडकमा र जनतामा गइसकेको बताउनुभयो । अव जनताको फैसलाले अहिलेको टुगो लगाउने उहाँको दावी थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: