अदालतलाई दबाब होइन खवरदारी गर्न काँग्रेस सडकमा : बरिष्ठ नेता पौडेल

चितवन,माघ ३ । नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस सडकमा आउनु सर्वोच्च अदालतलाई दबाब दिन नभई खवरदारी गर्न भएको बताउनुभएको छ ।

चितवनको शारदानगर टाउनमा भएको विरोध सभामा बोल्दै उहाँले अदालतबाट ढुक्कपन पाएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको गम्भीर आरोप लगाउँदै नेता पौडेलले अदालत, न्यायधीश, वकिल सवैलाई धम्क्याउन थालेको भन्दै आपत्ति जनाउनुभयो । कार्यकारी हैसियतमा बसेर प्रधानमन्त्री ओलीले कर्मचारी देखि सवै क्षेत्रलाई धम्क्याएको र संविधान रक्षाका लागि काँग्रेस आन्दोलनमा रहेको पौडेलले बताउनुभयो ।


अहिलेको असवैधानिक कदम ओली एक्लैले नभएई यसमा प्रचण्ड माधव, झलनाथ लगायतको पनि दोष रहेको भन्दै संसद पुनःस्थापना भएर संविधान ट्याकमा आउपछि मात्रै काँग्रेस चुनावमा जाने अन्यथा निरन्तर आन्दोलनमा रहने बताउनुभयो ।

वर्तमान प्रधामन्त्री केपी ओलीले गरेको संसद विघटन राष्ट्रदोही कदम भएको आरोप समेत उहाँले लगाउनुभयो । सोही विरोधसभामा बोल्दै काँग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौलाले कम्युनिष्टका कारण देशको राष्ट्रियता खतरामा परेको र विदेशीहरुको क्रिडास्थल बनेको बताउनुभयो । अव देश र राष्ट्रीयता तथा संविधान काँग्रेसले मात्रै बचाउन सक्ने उहाँको भनाई थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: