नवलपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

माघ ३, २०७७
नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिका ४ चुलीबोझामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो लु ३ त ७६०७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा देवचुली नगरपालिका ९ निवासी २५ बर्षीय ट्याक्टर चालक बिकास गोतामे मगरको मृत्यु भएको हो ।

प्रहरी चौकी बुलिङटारका अनुसार दलदलेबाट बुलिङटारतर्फ जाँदै गरेको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर सडकदेखि अन्दाजी ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते उनलाई उद्दार गरी उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकोमा बाटोमानै मृत्यु भएको हो

Leave a Reply

Scroll to Top
%d bloggers like this: