चितवन राष्ट्रिय निकुञ्जद्धारा फरार व्यक्ति पक्राउ गरी जेल चलान

चितवन, माघ २ । चितवन राष्ट्रिय निकुञ्जले करिव ६ बर्षदेखि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । निकुञ्जले भरतपुर २४ ध्रुवा भन्ने स्थानबाट २७ बर्षीय सन्तोष विकलाई पक्राउ गरेको हो ।
विकले निकुञ्जको कोर ईलाका सुखिभार क्षेत्रमा २०७० साल असारमा सालको काठ तस्करी कार्यमा प्रत्यक्ष संलग्न रहेका थिए । विस २०७० साल भदौ ४ गते निकुञ्जमा उनीवरुद्ध मुद्दा दायर भएको थियो । सो मुद्धाको विस २०७१ साल साउन २२ गते फैसला भई २ वर्ष कैद र ८ हजार जरिवाना सुनाईएको थियो । त्यसपश्चात देखि फरार रहदै आएका उनी यही पौष २२ गते पक्राउ परेका थिए ।
आवश्यक प्रक्रिया (सनाखत र कोभिड परिक्षण) पूरा गरी पौष २९ गते काराघार भरतपरु चलान गरेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: