निर्वाचनको तयारीमा जुट्न गृहमन्त्रालयको निर्देशन

पौष २७ । देशभर भएका विरोध र्यालीमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारले चुनाव गराउदैन भनिरहदा आज गृहमन्त्रालयले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ ।
आज सूचना सार्वजनिक गरी उक्त निर्देशन दिइएको हो । आगामी वैशाख १७ र २७ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको हो ।

निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र शान्तिपूर्ण बनाउन गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको बैठकले निर्वाचनको तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । उक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित गृह र अर्थ सचिव तथा तीनवटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

Image may contain: text

Leave a Reply

Scroll to Top
%d bloggers like this: