भोलि हुने पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

पौष २७ । विभिन्न १० विधामा अवार्ड प्रदान गरिने पल्सर स्पोर्टस अवार्डको तयारी पूरा भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भोलि हुने पल्सर स्पोर्टस् अवार्डको तयारी पूरा भएको हो । पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेकी छन् ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

अवार्ड कार्यक्रम सेमिभर्चुअल माध्यमबाट मनाइने जनाइएको छ । आयोजकले स्थापनाको २५ औं वर्ष पुगेको अवसरमा रजत महोत्सव मनाउने क्रममा भब्य रुपमा अवार्ड कार्यक्रम राखेको हो ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्न पनि स्पोर्ट्स अवार्ड आयोजना गर्नुको विकल्प नभएको मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: