कोरोना संक्रमण बढेपछि जापानमा पुनः लकडाउनको घोषणा

पौष २४ । कोरोना संक्रमण बढेपछि जापानामा पुनः लकडाउनको घोषणा गरिएको छ । नयाँ प्रकृतिको कोरोना भाइरसको सक्रमण बढ्न थालेपछि जापानमा पुनः लकडाउन घोषणा गरिएको हो । जापानका प्रधानमन्त्री योसिहिदा सुगाले राजधानी टोकियो र आसपासका मुख्य सहरमा लकडाउनको घोषणा गर्नुभएको हो ।

कोरोनाको महामारी बढ्दै गएकाले होटल तथा रेष्टुराँहरु सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएकाले सावधानी अपनाएर सोही अनुसार सञ्चालन गर्न पनि आग्रह गर्नुभएको छ ।

नयाँ वर्षलगत्तै लकडाउन गर्ने बताइएपनि एक साता पछि मात्र घोषणा गरिएको हो । महामारी नियन्त्रणमा नआएसम्म खेलकुदका गतिविधि र सार्वजनिक समारोहहरु आयोजना नगर्न पनि प्रधानमन्त्री सुगाले आग्रह गर्नुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: