पार्टी एकताका बाँकी काम सक्ने जिम्मा माधव नेपाललाई

पुस १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले पार्टी एकताका बाँकी काम टुङ्ग्याउन अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिएको छ । आज पेरिसडाँडामा बसेको बैठकले उहाँकै संयोजकत्वमा कार्यदल निर्माण गरेको छ ।

आन्दोलनलाई कसरी सशक्त बनाउने भन्नेबारे भोलि फेरि स्थायी कमिटी बैठक बस्ने र त्यसमामा फेरि छलफल हुने नेताहरूले बताएका छन् ।

बैठकमा पार्टी एकीकरणका काम पूरा गर्ने, प्रतिनिधि सभा विघटनविरुद्ध घोषित आन्दोलनलाई अझ सशक्त बनाउने लगायतबारे छलफल भएको नेताहरूले बताएका छन् । गएको पुस ५ गने प्रतिनिधि सभा विघटनको घोषणा भएसँगै नेकपा दुई समूहमा विभाजित भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: