बसको डिक्कीमा लागुऔषध भेटियो , भरतपुर गोन्द्राङका खनाल पक्राउ

नवलपुर,पौष १६ : जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ९ गोन्द्राङ बस्ने बर्ष ४० को बसन्त खनाल रहेका छन् । आज विहान साँढे ११ बजे नवलपुरको बिनयी त्रिबेणी गाउँपालिका वडा नं. २ दाउन्ने स्थित पुर्ब पश्चिम राजमार्गमा प्रहरीले सवारी साधन चेकजाँच गर्यो ।
प्रहरी चौकी दाउन्ने र अस्थाई ट्राफिक प्रहरी पोष्ट दाउन्ने नवलपरासी (पूर्व) को संयुक्त चेकिङ टोलीले पश्चिम बाट पुर्ब तर्फ आउदै गरेको लु १ ख ९९१७ नम्बरको बस लाई चेकजाँच गर्ने क्रममा उक्त बसको डिक्कि भित्र लुकाई छिपाई ल्याएको अवस्थामा फेन्सिडिल न्यु नामक लागु औषध १०० एमएलको ५०१ पिस (बोतल) भेटिएको थियो ।
उक्त लागु औषध लिएर आउने खनाल पक्राउ परेका हुन् । पक्राउ गरी लागु औषध मुद्दामा अनुसन्धान भईरहेको खाँणले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: