प्रचण्डलाई धुँदा धुँदा साबुनका डल्ला सकियो : प्रधानमन्त्री ओली

पौष १६ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सच्याउन धुँदा धुँदा साबुनका धेरै डल्ला सकिएको प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गर्नुभएको छ । आफ्नो पक्षका नेता कार्यकर्तालाई सम्वोधन गर्दै उहाँले सम्झौता माथि सम्झौता गरेर आफू थाकेको भन्दै वाध्य भएर नयाँ जनादेशका लागि प्रतिनिधि सभा विघटन गरेको बताउनुभयो ।
साथै उहाँले ्प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने जिकिर समेत गर्नुभयो । संविधानसम्मत भएकाले अव मध्यावधी चुनावनै अन्तिम विकल्प भएको र चुनावको प्रतिस्पर्धामा लाग्न आह्वान गर्नुभयो ।
आफु पक्षीय सुदुरपश्चिम प्रदेशका अगुवा कार्यकर्ताहरुको बुधबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै आफु बहुमत प्राप्त दलको नेता भएर प्रतिनिधिसभा विघटन सिफारिस गरेको र राष्ट्रपतिले विघटन गरेकाले अब विघटित संसद पुनःस्थापना नहुने उहाँले दावी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले दाहाललाई युद्धकालमा साथ दिएका तर अहिले दुःख, पीडा भोगिरहेका सयौँ कार्यकर्ताहरु कता गए भन्दै प्रश्न गर्नुभयो । दाहाल समुहका अर्का अध्यक्ष माधवकुमार नेपालप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दाहालको मामुली कार्यकर्ता भएको समेत टिप्पणी गर्नुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: