चितवनका विद्यार्थीलाई ट्राफिक नियमबारे प्रशिक्षण

चितवन, पौष १४ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विद्यार्थीहरुलाई ट्राफिक नियम सम्वन्धी प्रशिक्षण दिएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आयोजनामा आज दिउसो १ः३० बजे देखी ३ः३० बजे सम्म सवारी दूर्घटना न्यूनिकरण गर्नको लागि ट्राफिक नियमबारे जानकारी गराइएको थियो ।

प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जिल्ला चितवन कालिका नगरपालिका वडा नं ७ भटेनी स्थित पृथ्वी उ.मा.वि.मा अध्यनरत ११ र १२ कक्षाका १३५ जना विद्यार्थीहरुलाई सवारी दूर्घटना र सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धि सचेतनामुलक कक्षा संचालन गर्नुभएको हो ।

सो अवसरमा ट्राफिक सुरक्षा स्टिकर र पर्चा समेत वितरण गरीएको ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: