चितवनका तीन वटै संघीय निर्वाचन क्षेत्रमा ओली सरकार विरुद्ध प्रदर्शन

चितवन, पौष १३ । केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध आज चितवनका तीन वटै संघीय निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले विरोध सभा सम्पन्न गरेको छ ।


गणतन्त्र नेपालको संविधान रक्षाका लागि अहिलेका प्रधानमन्त्री ओली र राष्ट्रपति नै असफल भएको भन्दै अव काँग्रेस जुर्मुराएको उनीहरुले बताएका थिए ।
चितवनको क्षेत्रनम्वर १ मा पर्साको चौविसकोठी, क्षेत्रनम्वर २ को भरतपुरको चौविस कोठी र क्षेत्रनम्वर ३ को चनौली बजारमा विरोध सभा गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले झोलुङ्गोमा सुताएको ६ महिने बालकको टाउको काटेर जेल परेका केपी शर्मा ओलीले कुनै पनि हालतमा संविधानको रक्षा गर्न नसक्ने बताउनुभयो ।

५ वर्ष ढुक्कले काम गर्न दिएपनि ओली र उहाँको पार्टी भित्रको विवादले काँग्रेस वाध्य भएर सडकमा आएको बताउँदै आगामी चुनावमा चितवनका सवै निर्वाचन क्षेत्रमा काँग्रेसले जित हासिल गर्ने श्रेष्ठले बताउनुभयो ।

साथै गत चुनावमा प्रचण्डसँगको चुनावी तालमेलले काँग्रेसी भावनामा ठेस पुगेको भन्दै आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन गर्ने समेत उहाँको भनाई थियो । सभामा जिल्लाका विभिन्न क्षेत्रबाट नेता कार्यकर्ता झण्डा सहित आएका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: