प्रभु साह सहित ३ मन्त्री थपिदै

पौष १० । प्रधामन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा तीन जना नयाँ व्यक्ति मन्त्री बन्ने भएका छन् । प्रतिनिधि सभा विघटन गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापालाई मन्त्री बनाउन लाग्नुभएको हो ।
आज साँझ राष्ट्रपति कार्यालय शितल निवासमा सपथ हुने भएको छ ।
प्रतिनिधि सभा विघटनको विरोधमा यसअघि सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि रहेको रिक्त स्थानमा आज ३ जनालाई मन्त्री बनाइने भएको हो । उहाँहरु तीनै जना पूर्वमाओवादी हुन्। साह श्रम, रायमाझी उर्जा र थापा पर्यटन मन्त्री बन्न लागेको बताइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: