मन्त्रीपरिषद पुनगर्ठनको तयारीमा सरकार

पौष १० । संसद विघटनको सिफारिस गरेर फिर्ता नलिएपछि केही मन्त्रीले सामूहिक राजीनामा दिएपछि खाली भएको रिक्त स्थानमा नयाँ अनुहारहरुलाई मौका दिइने तयारी गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली पक्षका प्रवक्ता एवम परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चाँडै मन्त्रिपरिषद् पुर्नगठन हुने बताउनुभएको छ ।

बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो ।

तर नयाँ व्यक्तिहरु ककसलाई जिम्मेवारी दिइदै छ भन्नेवारे भने अझै केही टुँगो लागेको छैन ।

अब पार्टीको एकमात्र एजेण्डा सङ्गठन विस्तार र निर्वाचनको तयारी रहेको भन्दै उहाँले सवैलाई त्यसैतर्फ केन्द्रीत हुन आह्वान समेत गर्नुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: