निर्वाचन आयोगद्धारा मतदाता नामावली संकलन कार्य स्थगित

पौष ९ । देशमा मध्यवधि चुनावको घोषणा भइसकेपछि निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने कार्य स्थगित गरेको छ । एक सुचना जारी गर्दै आयोगले आफ्ना मातहतका जिल्ला कार्यालयलाई अहिलेसम्मका नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने जनाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन को घोषणा गर्नुभएको छ ।
यसअघि निर्वाचन आयोगले स्थानीय तहमा रिक्त पदाधिकारीहरुको नामावली पनि संकलन गरेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: