संसद विघटनबारे नायिक थापाले मुख खोलिन् : कुपोषित मान्छेले आफ्नो स्वार्थको मैदान बनाए

पौष ७ । चर्चित नायिका रेखा थापाले संसद विघटन गरेर देश र जनतालाई धोका दिएको बताउनुभएको छ ।

आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरी आगामी वैशाख १७ र २७ गते मध्यवधीको चुनाव घोषणा गर्नुभएको थियो । त्यसको विरुद्धमा कडा स्टाटस राखेर थापाले विरोध जनाउनुभएको हो । अग्रेज सँग नावालक काखमा लडेर जोगाएको भूमिमा कुपोषित मानिसहरुले आफ्नो स्वार्थमा प्रयोग गरेको बताउनुभयो ।

उहाँले लेख्नु भएको छ,“ब्रह्माण्ड तातिएर आउछ । सतलज नदी सम्म शासन गरेको नेपाली अहिले सतलज कम्पनिको अनुकम्पाले अरुण नदिमा बिजुली खोज्दैछ । अढाइ बर्षका नवालक छोरा रण बहादुर बोकेर नेपाल एकिकरण गर्ने राजेन्द्र लक्ष्मी र बलभद्र कुवर, अमर सिंह थापा, भक्ती थापा, राणबिर सिंह थापा, उजिर सिंह थापाले नालपानी, जैथक, देउथलमा अङ्रेज सँग लडेर जोगाएको यो देश केही कुपोषित मान्छेले आफ्नो स्वार्थको मैदान बनाए । आफु मरेर देश बाचोस भन्ने कोही छैन, सबै आफुलाई केन्द्रमा राखेर सोच्ने गरेको देखिन्छ । हामी महान ईतिहास भएका तर हरुवा युगका साक्षी बन्ने भयौ ।”

Leave a Reply

Scroll to Top
%d bloggers like this: