आन्तरिक पर्यटक तान्न घुमौँ सौराहा अभियान सुरु

चितवन, पौष ६ । चितवनको पर्यटकीय नगरी सौराहामा आन्तरिक पर्यटक बढाउन घुमौँ सौराहा अभियान सुरु गरिने भएको छ । देशकै तेस्रो पर्यटकीय गन्तव्य भएपनि उल्लेख्य पर्यटक नआएपछि यो अभियान सुरु गर्ने क्षेत्रीय होटल संघका सौराहाका अध्यक्ष दिपक भट्टराइले जानकारी दिनुभयो ।
कोरोना भाईरस र त्यसपछिको लकडाउनका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न र वाह्य पर्यटक आवागमन शुन्य भएपछि यो अभियान थालिने भएको हो ।
आन्तरीक पर्यटन मार्फत क्रमिक रुपमा चलायमान बन्दै गएको सौराहामा यो अभियानपछि पर्यटक आर्कषित हुने र विभिन्न छुट प्याकेज लिएर विभिन्न ठाउँमा पुग्ने अभियानको उद्देश्य रहेको छ । यहि पुस १० गतेबाट अभियान सुरु गरिने अध्यक्ष भटट्राईले जानकारी दिनुभयो । अभियानको क्रममा पुस १० गते विराटनगर, पुस ११ गते जनकपुर, पुस १२ गते विरगंज पुग्ने कार्यतालिका तय भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालुलगायतका जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन् । कोरोनाका कारण घरमै बस्दा हैरान भएका व्यक्तिहरु घुम्ने प्रचलन बढ्दै गएकाले आकर्षक प्याकेजसहित कार्यक्रम घोषण गरिएको संघले जनाएको छ ।
संघका महासचिव गुणराज थपलियाले अहिलेको उदेश्य नेपालीहरुले विदेश होइन स्वदेशमै घुम्नुपर्छ भन्ने मान्यता अनुसार सस्तो प्याकेजसहित घुमौँ सौराहा अभियान ल्याएका बताउनुभयो । यसले पर्यटक आकर्षित गर्नेमा आफूहरु विश्वस्त रहेको उहाँको भनाई थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: