हलो–जुवासहितको उखु किसानको प्रदर्शन

पौष २ । उखु विक्रि गर्दासमेत लामो समयसम्म पनि भुक्तानी नपाएपछि काठमाण्डौमै गएर किसानहरुले प्रदर्शन गरिरहेका छन् । सरकारसँग यस अघि भएको सम्झौता कार्यान्वयन नभएपछि उनीहरु आन्दोलित भएका हुन् । आन्दोलनरत उखु किसानले काठमाडौंमा हलो र जुवासहित प्रदर्शन गरेका छन् ।

पाँच दिनदेखि कठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका उखु किसानहरुले आज हलो र जुवासहित प्रदर्शन गरेका हुन् । सर्लाहीबाट आएका कृषकले चिनी उद्योगलाई बेचेको उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका हुन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: