पाकिस्तानले ल्यायो बलात्कारीलाई नपुंसक बनाउने अध्यादेश

पौष २ । पाकिस्तानले बलात्कारीलाई नपुंसक बनाउने कडा कानुन ल्याउने भएको छ । मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले यससम्बन्धी अध्यादेशमा हस्ताक्षर गरेका हुन् ।

नयाँ कानुनमा दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ। साथै फास्टट्याक अदालत गठन गरिने भएको छ । पाकिस्तानका प्रधानमन्त्रीले यस कानुनलाई अबको १ सय २० दिन भित्र संसदबाट पास गर्नुपर्नेछ । त्यसपछिमात्र कानुन कार्यन्वयनमा आउनेछ ।

कानुन अनुसार बलात्कारसम्बन्धी मुद्धा हेर्न फास्ट ट्र्याक अदालतको गठन गरिनेछ र सो अदालतले चार महिनाभित्र आफ्नो फैसला सुनाउन सक्नेछ । प्रधानमन्त्री इमरान खान नेतृत्वको क्याबिनेटले पछिल्लो महिना यो अध्यादेश सिफारिस गरेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: