ऋण खोजेर उखु किसान आन्दोलन गर्न काठमाण्डौमा

मंसिर २९ । सरकारले आफूहरुसँग गरेको प्रतिवद्धता पुरा नगरेपछि सर्लाहीका उखु किसानहरु काठमाण्डौमा आन्दोलन गरिरहेका छन् ।

चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै उनीहरु प्रदर्शन गरेका छन् । उनीहरू ’श्रम, पसिनाको मूल्य पाउँ’, ’किसानहरू मार्न पाइँदैन’ लगायतका विभन्न नारा लेखिएका प्लेकार्डहरू बोकेर प्रदर्शनमा उपस्थित थिए ।

रकम भुक्तानीको माग गर्दै किसानहरु काठमाडौंमा आन्दोलन गरेपछि मन्त्रालयले २०७६ पुस १८ गते उखु किसानसँग ५ बुदे सम्झौता गरेको थियो ।

वक्यौता रकम नपाएसम्म काठमाण्डौबाट नफर्कने उनीहरुको भनाई छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: