नेकपाका दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीको बैठकमा छलफल हुने

मंसिर २० । केही समय देखि निरन्तर विवाद मिल्न नसकेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयमा पेश भएका दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा छलफल हुने भएको छ । आज बसेको सचिवालय बैठकले दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा लैजाने निर्णय गरेको हो । आज झण्डै ४ घण्टा बैठक बसेको थियो । स्थायी कमिटीको बैठक भोलि दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता गरेर सहमतिमा नयाँ प्रस्ताव बनाउनुपर्ने बताए पनि प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता नलिने अडान राख्नुभएको थियो । प
धानमन्त्री ओलीले पनि कुनै पद नछाड्ने बताउनुभएको थियो । आजको बैठक सुरु हुनुअघि ओली र प्रचण्डबीच छलफल भएको थियो । ओली र प्रचण्डबीच २५ दिन पछि एक्लाएक्लै छलफल भएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: