नवलपुरमा राष्ट्रवादिहरुको प्रदर्शन

मंसिर १४ । राजाआउ देश बचाउ, गणतान्त्रिक संघियता चाहिँदैन राष्ट्रियता बेच्नपाईँदैन, भन्ने नारा घन्काउँदै मोटरसाईकल र्यालि निकालिएको छ । हिजो मंसिर १३ गते नवलपुरको कावासोती नगरपालिकाको डण्डा बजारबाट सुरु भएको र्यालि रजहर पुगि पुनःसिजि कम्पनिको अगाडि आई कोण सभामा परिणत भएको थियो ।
राष्ट्रवादि समुह नवलपुरको आयोजनामा भएको विशाल र्यालिका सदस्यहरुले गणतन्त्रवादिको हातमा राष्ट्र सुम्पिँदा राष्ट्रियता खतरामा परेको भन्दै अब राजा सहितको हिन्दु राष्ट्रको अर्को विकल्प अस्विकार्य हुने बताएका थिए ।
हिजो राजालाई सत्ताबाट हटाउनको लागि आन्दोलित भएका नेपालि जनताहरुलाई, गणतन्त्रवादिहरुले आज फेरि राजाआउ देश बचाउ, भन्न बाध्य पारेको वक्ताहरुको भनाई छ ।
कुनै विषेश योजना बिनानै आयोजना गरिएको भनिएको उक्त कार्यक्रममा स्वतःस्फुर्तः रुपमा र्यालिमा हजारौँ युवा वर्गको सहभागीता रहेको थियो ।
राष्ट्रियताको पक्षमा उर्लिएको जनलहरले अब छिट्टै नै नयाँ नेतृत्व पाउने र नेपालको वर्तमान संघिय सरकारको विकल्पमा राजतन्त्रको आगमन हुने कुरामा आफू विस्वस्त रहेको राष्ट्रवादि समुह नवलपुरका संयोजक रामबहादुर श्रेष्ठको भनाई छ ।
साथै राष्ट्रवादिहरुको यहि मंसिर २० गते चितवनमा हुने विशाल प्रदर्शनमा समेत सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: