करिब ५० बिघामा लगाईएको अबैध गांजा खेती नष्ट

चितवन, मंसिर ९ । जिल्ला प्रहरी कार्यालय चितवनले करिव ५० विघामा लगाइएको अबैध गाँजा खेती नष्ट गरेको छ । जिल्लाको राप्ती नगरपालिका वडा नम्वर ११ को डिटार, गाल्चन भन्ज्याङ्ग, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्किडाँडा, वडा नं। १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं। १३ को कालिटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोला आदी स्थानहरूमा लगाइएको गाँजा नष्ट गरिएको हो ।

मंसिर ०६ गते देखि ८ गते सम्म २ जना प्रहरी निरीक्षक सहित ५० जना नेपाल प्रहरी र सशस्त्र प्रहरी निरीक्षक १ सहित २१ सशस्त्र प्रहरी समेतको संयुक्त गस्ती टोली परिचालन भई गस्ती गर्ने क्रममा उक्त वडा का स्थानीयहरु संग अन्तरक्रिया गर्नुका साथै अन्दाजी ५० बिगाहा क्षेत्रफलमा अवैध रूपमा लगाईएको अन्दाजी ३६ लाख गाँजाको बोटविरूवाहरू फडानी तथा नष्ट गरीएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: