दोलखाको भीमेश्वरको शिलामा ‘पसिना’, राष्ट्रपतिलाई महाप्रसाद पठाइदै

मंसिर ९ । दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा मंगलबार दिउँसो ‘पसिना’ आएको छ । दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ५४ मिनेटसम्म शिलामा ‘पसिना’ आएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
भीमेश्वरको शिलामा पसिना आएपछि भक्तजनहरु मन्दिर परिसरमा भेला भएर घण्टी बजाउने, धूप बत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले शिलामा हम्कने गर्छन् । भीमेश्वरको शिला ९चट्टान०मा पानीका कालो थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’ आएको विश्वास गर्ने गरिएको छ ।

कोरोना महामारीका कारण बन्द भएको मन्दिरको शिलामा ‘पसिना’ आएपछि पुजारीले स्थानीयलाई खबर गरेपछि जिल्ला प्रशासनका प्रतिनिधि, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी, नेपाल सेना दोलखाका प्रमुखहरु मन्दिरमा पुगेर दर्शन गरेका थिए । राजाको शासनकालमा राजपरिवारबाट क्षमापूजा गर्ने चलन थियो हाल राष्ट्रपतिबाट पूजा गरिँदै आएको छ । त्यसका लागि भोलि महाप्रसाद पठाइने प्रशासनले जनाएको छ । यसअघि २०७४ सालमा मंगलबारकै दिन दोहार्‍याएर ‘पसिना’ आएको थियो । विक्रम संवत १९९०, २००७, २०२८ र २०७० पनि भीमेश्वरको शिलामा पसिना आएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: