बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै बर्दिवासमा प्रदर्शन

मंसिर ९ । बर्दिवासमा बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै विरोध प्रदर्शन भएको छ । बर्दिवास–१४ का सहिद अन्सारीकी ६ वर्षीया छोरी गुलबसा खातुनको सोमबार राति बोरामा राखेर फालिएको शव फेला परेको थियो । उनी आइतबार साँझदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको आफन्तले बताएका छन् ।

बिरोधमा उत्रिएका स्थानीयले मंगलबार शव सडकमा राखेर राजमार्ग अवरुद्ध गरेका छन् । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।

बालिकाको हत्या गरेको आशंकामा प्रहरीले गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । साहले बालिकाको हत्या गरेको स्विकारिसकेको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईंले बताउनुभयो । आरोपीको रुपमा पक्राउ गर्दा प्रदर्शनकारीहरुले उनकै घरमा आगजनी गरेका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: