बिबिसीको सयजना प्रेरणादायी महिला सूचीमा नेपालकी सपना रोका मगर पनि सूचिकृत

मंसिर ९ । बिबिसीले सन् २०२० मा विश्वभरका सयजना प्रेरणादायी तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । यस वर्ष बिबिसीले अप्ठ्यारो स्थितिबीच पनि समाजमा परिवर्तन ल्याउने खालका काम गर्ने एक सय महिलालाई सूचीमा समावेश गरेसँगै नेपालकी सपना रोका मगर पनि पर्नुभएको छ । बेवारिसे शव व्यवस्थापनमा संलग्न उहाँ बिबिसीको सूचीमा परेपछि गौरवान्वित भएको बताउनुभयो । सडकमा परलोक हुनेहरुको पनि आफन्त हुन्छन् भन्ने प्रमाण्ति गर्दै जिउदो हुँदा त सडकमा एक्लै भएपनि मृत्यु हुँदा कम्तिमा कसैले दाग वत्ति देओस भन्ने भावनालाई आत्मसाथ गर्दै मगरले वेवारीस शव व्यवस्थापनमा निरन्तर खटिरहनुभएको थियो ।

फिनल्यान्डकी प्रधानमन्त्री सान्या मरिनदेखि अवतार र मार्बल सिनेमाकी नायिका मिचेल एओ, कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लगाउने अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान विभाग प्रमुख सारा गिल्बडएदेखि नेपालकी सपना रोका मगरसमेतलाई समावेश गर्दै बिबिसीले सुची सार्वजनिक गरेको हो ।

कसरी हुन्छ छनौट ?
बीबीसीका विश्वभर रहेका प्रतिनिधि तथा विभिन्न भाषामा काम गर्ने प्रतिनिधिको सहयोगमा बीबीसी सय प्रभावशली महिला टिमले सुरुमा नाम छनौट गर्छ । त्यसमध्ये पछिल्लो १२ महिनामा उनीहरूमाथि बनेका समाचार र स्टोरीको अध्ययन हुन्छ । अध्ययनपछि सबैभन्दा प्रेरणादायी र समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति छनौट गरिने जनाइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: