पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा चालकको मृत्यु, यात्रु घाइते

मंसिर ९ । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने यात्रु घाइते भएका छन् । फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा हिजो फिस्टेल प्याराग्लाइडिङ दुर्घटनामा परेको हो । मृत्यु हुनेहरुमा पोखरा महानगरपालिका–२८ घर भई लेकसाइड ३८ वर्षीय राजु गैरे रहेका छन् । यात्रु बूढानीलकण्ठ नगरपालिका–२, काठमाडौंकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुघर्टनापछि दुबैलाई उद्दार गरेर सिर्जना चोकमा रहेको मेट्रोसिटी अस्पताल लगिएको थियो । टाउकोमा चोट लागेका चालक नेपालीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: