चितवनको कालिका ५ मा एक घर जलेर नष्ट

चितवन, मंसिर ९ । चितवनको कालिका नगरपालिका वडानम्वर ५ मा आगलागि हुँदा एउटा घर जलेर पुर्णरुपमा क्षति भएको छ । स्थानीय हिमबहादुर अधिकारीको घरमा हिजो साँझ करिव ७ बजेर ४० मिनेटमा आगलागी भएको स्थानीय शिवालय टोल विकास संस्थाका अध्यक्ष आशिष भट्टराइले जानकारी दिनुभयो ।

राति करिव १० बजेर तिर मात्र आगो नियन्त्रणमा आएको थियो । अचानक आगलागी हुँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको र पशु चौपायमा क्षती पुगेको वडाअध्यक्ष जियन महतोले जाननकारी दिनुभयो। करिव साँढे २ लाख बढि क्षती भएको भट्टराइले जानकारी दिए पनि आज प्रहरीले विवरण संकलन गरेपछी मात्र क्षतिको यकिन हुने जनाइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: