चितवनमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन, मंसिर ८ । चितवनको राप्ती नगरपालिका ७ हर्दी चोकमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।आज साँझ करिव साँढे ६ बजेको समय पूर्व पश्चिम राजमार्ग अन्तरगत पुर्बबाट पश्चिम तर्फ आउदै गरेको एन एल ०१ एल २४६० नम्वरको एलपी ग्याँस बुलेटले सोही दिशाबाट आउँदै गरेको प्रदेश नं.३–००२ प ११८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राप्ती ५ भण्डाराका ३० बर्षीय नवराज दनै र २२ बर्षीय सचिन दनै रहेको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिनुभयो । प्रदेश नं।३ ०३–००२ प ११८ नम्बरको मोटरसाइकललाई ग्यास बुलेटले ठक्कर दिएको हो ।

प्रहरीले ग्यास बुलेट र चालक लाई नियन्त्रणमा लिएको छ । दुर्घटना पश्चात स्थानीयले अवरुद्ध पारेको राजमार्ग खुलाउने प्रयास भइरहेको थापाले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: