निकुञ्ज पश्चिम सेक्टरको गेट भत्काएर पक्राउ परेकालाई गाउँलले छुटाए

चितवन, मंसिर ८ । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर कार्यालय अमलटारीले माछा मार्न गएका ३२ जनालाई पक्राउ गर्यो । शनिबार राति नारायणीमा माछा मार्न गएका अमलटारी गाउँका स्थानीयलाई निकुञ्जले मध्यरातमा घरघर गएर पक्राउ गरेको थियो । कावासोती नगरपालिका–१५ अमलटारी गाउँका स्थानीयलाई निकुञ्जले पक्राउ गरेको हो । पक्राउ परेका स्थानीय गुन्द्रही ढकाहा मध्यवर्ती क्षेत्रका बासिन्दा थिए । तर आफन्तलाई पक्राउ गरेपछि गाउँलेहरु कार्यालयको गेट भत्काएर उनीहरूलाई हिजो  छुटाएका छन् ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान गर्न र कारबाही गर्न कसरा पठाउने भएपछि त्यहाँका बोटे माझीले निकुञ्ज कार्यालय घेराउ गरेर उनीहरुलाई बाहिर निकालेका हुन् ।

कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले माछा मार्न गएका गाउँलेलाई तस्करको आरोप लगाएर पक्राउ गरेको विरोधमा स्थानीयहरुले निकुञ्ज कार्यालय घेराउ गरेर सबैलाई मुक्त गरेको बताउनुभयो ।
निकुन्ज कार्यालय पश्चिम सेक्टर कार्यालयले उनीहरुलाई निकुन्जभित्रैबाट पक्राउ गरिएको जानकारी दियो । माछा मार्ने बहानामा निकुञ्जभित्र प्रवेश गरेका र त्यहीँ रात बिताएको अवस्थामा उनीहरुलाई गस्ती टोलीले पक्राउ गरेको निकुञ्ज कार्यालयको भनाइ छ ।

निकुञ्ज भन्छ ः फेरि पक्राउ गर्छौँ
यता चितवन राष्ट्रिय निकुञ्ज चितवनले उनीहरुलाई पुन पक्राउ गर्ने जानकारी दिएको छ । मंसिर ६ गते रातको १२ः१५ बजे निकुञ्जको कोर इलाका नारायणी नदीको गोहिघाट आईल्याण्ड क्षेत्रबाट गैरकानूनी तवरबाट निषेधित तयारी जाल ( गोहि तथा जलचारलाई अत्यन्त घातक जाल) प्रयोग गरि निषेधित समयमा माछा मार्ने तथा झुप्रा बनाई संवेदनसिल क्षेत्रमा बसेर शंकास्पद गतिविधीमा संलग्न देखिएकोले पक्राउ गरिएको जनाएको हो ।

निकुञ्जको फेसबुक पेजमार्फत दिइएको जानकारी अनुसार परेका ३१ जनालाई स्थानीय प्रतिनिधीहरुसमेतको सहयोग तथा उक्साहटमा निकुञ्ज सेक्टर कार्यालयमा तोडफोडको प्रयास गरी हुलहुज्जत गरी भगाएका भनिएको छ । पक्राउ परेकाहरु यस आ.व.मा गैँडा चोरी शिकार भएको क्षेत्रकै घाटबाट अवैध क्रियाकलापमा संलग्न रहेकोले पक्राउ गरिएको र घटनाको विषयमा जाचबुच तथा आवश्यक सोधपुछसमेत गर्न नदिईकनै हुलहुज्जत गरी भगाउदा सो क्षेत्रमा सुरक्षा चूनौती थपिएको निकुञ्जले भनेको छ । सो घटनामा ती व्यक्तिहरुले प्रयोग गरेका गैरकानूनी रुपमा माछा मार्न मात्र नभएर चोरि शिकारीलाईसमेत नदीमा वारपार गराउन प्रयोगमा आएका आशंका गरिएका १३ वटा डुङ्गाहरु समेत नष्ट गरिएको छ ।

मध्यरात र चिसोे जाडो मौसममा समेत निषेधित तथा गैँडाको बासस्थान र संवेदनशिल क्षेत्रमा माछा मार्ने निहुँमा भएको उक्त प्रवेशले सो क्षेत्रमा थप सुरक्षा निगरानी बढाईएको छ । पक्राउ परेर भागेका मध्य २ जना मध्यविन्दु नगरपालिका ३ का र अन्य २९ जना कावासोती नगरपालिका वडा नं १५ का बोटे ,माझि र मुसहर रहेको र निजहरुलाई यथासक्य चाडो खोजी गरि पुन कानुनी दायरामा ल्याई आवश्यक अनुसन्धान तथा कारबाही अगाढी बढाईने छ । निकुञ्जले भनेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: