मोरङको उर्लावारीबाट हतियारसहित चन्द समूहका नेता पक्राउ

काठमाण्डौ, मंसिर ८ । नेपाल प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका सेक्सन कमाण्डर ३२ वर्षीय पेम्बा सांगे शेर्पालाई पक्राउ गरेको छ । उनलाई शनिबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ रमाइलो टोलस्थित एक घरबाट पक्राउ गरेको मोरङ प्रहरीले जानकारी दिएको छ । उनको साथबाट कालो झोलाभित्र एक थान पेस्तोल, ७.६५ लेखिएको तीन गोली लोड भएको सोहि पेस्तोलमा लाग्ने १ म्यागजिन बरामद भएको छ । उक्त हतियारमा ‘अटो पिस्टल यूएसए’ लेखिएको प्रहरीले जनाएको छ । उनी ताप्लेजुङ फाक्ताङलुङ गाउँपालिका–२ का बासिन्दा हुन् ।

हतियार बाहेक शेर्पाबाट उनकै सक्कल नागरिकताको प्रमाण पत्र, मतदाता परिचय पत्र, पावर बैंक, नोटबुक, आएइ गरेको रसिद, ३ मोबाइल, पाटीको सहयोग रसिद प्याड, जनमुमुक्ति सेना सम्बन्धि एक र रातो सुखानी लेखिएको एक पुस्तक, कालो डायरी, ८ झोला तथा १८ थान ज्याकेट बरामद भएको प्रहरीले भनेको छ । शेर्पाले प्रयोग गरिरहेको विभिन्न कम्पनीका पाँच सिमकार्ड समेत बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो।

Leave a Reply

Scroll to Top
%d bloggers like this: