सरकारी कर्मचारीले अव लोकसेवाको तयारी कक्षा पढाउन नपाउने

काठमाण्डौ, मंसिर ८ । नेपाल सरकारले बहावाला निजामती कर्मचारीहरुलाई लोकसेवा आयोगका तयारी कक्षा तथा प्रशिक्षण कार्यक्रममा पढाउन जान बन्देज गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार विज्ञप्ती नै जारी गरेर निर्णय गरेको हो । यो निर्णयपछि यसअघि अनुमति लिएर तयारी कक्षा तथा प्रशिक्षणमा संलग्न हुनेहरुलाई समेत बन्देज लाग्नेछ ।

‘सबै निजामती कर्मचारीलाई सेवा प्रवाहमा तल्लिन बनाई निजामती सेवालाई व्यवस्थित र मर्यादित बनाउन’ मन्त्रीस्तरीय निर्णय भन्दै सार्वजनिक गरिएको सूचनामा भनिएको छ, ‘तयारी कक्षामा उपस्थित हुन र अनलाईन माध्यमबाट प्रशिक्षणका सम्बन्धमा निर्णय भएको हो ।’

यसअघि कुनै कर्मचारीले पढाउन स्वीकृति लिएको भए त्यो शुक्रबारदेखि निष्क्रिय हुने भयो । मन्त्रालयले नयाँ मापदण्ड नबनेसम्म स्वीकृति नदिनसमेत मातहतका निकायलाई परिपत्र गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: