भरतपुरको ज्ञानेश्वर सामुदायिक वनमा वनभोज गर्न अनुमति

चितवन, मंसिर ७ । कोभिड १९ र लकडाउनका कारण बन्द रहेको जिल्लाको धेरै वनभोज हुने ज्ञानेश्वर सामुदायिक वनमा वनभोजका लागि खुला गरिएको छ ।
उपभोक्ता समितिको शुक्रबार सम्पन्न बैठकले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै कार्यक्रम आयोजना गर्न दिने निर्णय गरेको हो । समितिका अध्यक्ष राजन अधिकारीले वनभोजका लागि स्वास्थ्य मापदण्डको पालना गरी कार्यक्रम गर्न सकिने बताउँदै अहिलेको समय गत वर्षहरुमा एकै दिन ९२ वटासम्म वनभोज कार्यक्रम हुने गरेको बताउनुभयो ।

नारायणी तटमा रहेको यो स्थान आकर्षक र मनोरम छ । त्यहाँ जानेहरुलाई थप मनोरन्जनका लागि बगैँचा पनि छ भने सानो चिडिया खाना पनि । कार्यक्रम गर्नका लागि यहाा १२ टहरा छन् । खानेपानी, विद्युत्, शौचालयलगायत वनभोजलाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार रहेको उहाँले जानकारी दिनुभयो । चितवनलगायत नवलपरासी, धादिङ, गोरखा र मकवानपुरबाट वनभोजका लागि मानिस आउने गरेको अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: